नेप्सेमा सामान्य सुधार, कारोबार सवा चार अर्ब नजिक

एक महिना अगाडि
नेप्सेमा सामान्य सुधार, कारोबार सवा चार अर्ब नजिक

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। बिहीबार नेप्से परिसूचक ८ दशमलव ७८ अंकले बढेर दुई हजार ६६१ दशमलव ७१ विन्दुमा पुगेको हो।

आज ३५९ कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता शेयर चार अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।

कारोबारको सुरुवाती समयमा बजार केही घटे पनि दिउँसोपछि सुधार हुँदै अन्त्यमा उच्च विन्दुमा बन्द भएको थियो।

अपर लोहोरे हाइड्रोपावर र कलङ्गा हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ भने स्नो रिभर लिमिटेड, सानिगढ हाइड्रोपावर, धौलागिरि लघुवित्त र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले पनि उल्लेख्य लाभ कमाएका छन्।

यद्यपि समग्र बजार सकारात्मक रहे पनि १०८ कम्पनीको शेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक, एनआईसी एसिया डिबेञ्चर र रसुवागढी हाइड्रोपावर अग्रस्थानमा रहेका छन्।