सुनको मूल्यमा एकैदिन ७ हजार २०० रुपैयाँ वृद्धि

एक महिना अगाडि
सुनको मूल्यमा एकैदिन ७ हजार २०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा एकैदिन उल्लेखनीय वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७ हजार २०० रुपैयाँले बढेर दुई लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर चार हजार ६१५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूले बताएका छन्।