कांग्रेस इतर पक्षको बैठकमा अनुपस्थित रहे शेखर कोइराला

एक महिना अगाडि
कांग्रेस इतर पक्षको बैठकमा अनुपस्थित रहे शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको शुक्रबार बसेको बैठकमा नेता डा. शेखर कोइराला सहभागी भएका छैनन्।

कोइरालाको सचिवालयका अनुसार बिहीबार मात्रै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग राजनीतिक छलफल भइसकेकाले उनी शुक्रबारको बैठकमा सहभागी नभएका हुन्।

‘हिजो मात्रै दुवै नेताबीच छलफल भएको छ। आज देउवा पक्षीय नेताहरू मात्र बस्नुभएको हो। डा. साब जानुभएन,’ कोइरालाको सचिवालयका एक सदस्यले बताएका छन्।

कांग्रेसभित्र एकताको प्रयास जारी रहे पनि संस्थापनइतर पक्षले आफ्नो माग र अडान कायम राखेको छ। इतर पक्षले संस्थापनबाट आफ्ना प्रस्तावको बेवास्ता भएको निष्कर्ष निकाल्दै नेताहरूबीच छलफललाई तीव्र बनाएको छ।

सातै प्रदेशमा राजनीतिक भेला सम्पन्न गरिसकेको संस्थापनइतर समूहले अब काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारीसमेत अघि बढाएको छ।