मौसम पूर्वानुमान

आज पनि देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

एक महिना अगाडि
आज पनि देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र तराईका विभिन्न स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि सुदूरपश्चिम, कर्णालीसहित विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।