काठमाडौं । काभ्रेको रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको जनाएको हो।
मुसलधारे वर्षापछि रोशी खोलाको जलस्तर बढेकाले काठमाडौंबाट पूर्वतर्फ जाने र पूर्वबाट काठमाडौं आउने सवारीलाई काभ्रेभञ्ज्याङ र मङ्गलटार क्षेत्रमा रोकिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन सक्रिय रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।