फिफा विश्वकप

ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा

एक महिना अगाडि
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । नर्वेले ब्राजिललाई २–१ ले पराजित गर्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। यससँगै ब्राजिलविरुद्धको आफ्नो अपराजित इतिहासलाई पनि नर्वेले कायम राखेको छ।

नर्वेको जितका नायक एर्लिङ हालाण्ड बने। उनले खेलको ७९औँ मिनेटमा एन्ड्रियास जेल्डेरुपको उत्कृष्ट क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ९०औँ मिनेटमा एन्ड्रियासकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको जित पक्का गरे।

यस विश्वकपमा हालाण्डको गोल संख्या सात पुगेको छ, जसले उनलाई प्रतियोगिताका शीर्ष गोलकर्तामध्ये एक बनाएको छ।

ब्राजिलले खेलमा दुई पटक पेनाल्टीको अवसर पाएको थियो। पहिलो पेनाल्टी ब्रुनो गिमारेसले सदुपयोग गर्न सकेनन् भने अतिरिक्त समयमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए। तर त्यो गोल ब्राजिललाई हारबाट जोगाउन पर्याप्त भएन।

२८ वर्षपछि विश्वकपमा सहभागी भएको नर्वेले प्रभावशाली प्रदर्शन गर्दै अन्तिम आठमा स्थान बनाएको हो। अब नर्वेले सेमिफाइनल प्रवेशका लागि मेक्सिको र इंग्ल्याण्डबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।