सुन–चाँदीको मूल्य फेरि घट्यो

एक महिना अगाडि
सुन–चाँदीको मूल्य फेरि घट्यो

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर दुई लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको थियो। त्यसअघि भने बिहीबार र शुक्रबार मात्रै सुनको मूल्य दुई दिनमा १२ हजार ४०० रुपैयाँले बढेको थियो।

चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घट्दै चार हजार ५८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

महासंघका अनुसार यसअघि माघ १५ गते सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो। त्यस्तै चाँदीको मूल्य पनि सोही अवधिमा प्रतितोला सात हजार ५०५ रुपैयाँसम्म पुगेको थियो।