कांग्रेस इतर पक्षले खोल्यो महाधिवेशन सम्पर्क कार्यालय

एक महिना अगाडि
कांग्रेस इतर पक्षले खोल्यो महाधिवेशन सम्पर्क कार्यालय

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १५औँ महाधिवेशनको तयारीका लागि काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ।

कार्यालय उद्घाटनसँगै बसेको बैठकमा निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको विवाद र महाधिवेशन प्रक्रियाबारे धारणा राखेका थिए।

नेता मिनबहादुर विश्वकर्माका अनुसार पार्टी एकताका लागि प्रयास भए पनि पछिल्ला पाँच महिनामा ठोस उपलब्धि हुन सकेको छैन।

बैठकले साउन ६ गते बीपी कोइराला स्मृति दिवस भव्य रूपमा मनाउने निर्णय गर्दै महाधिवेशनको कार्यतालिका, राष्ट्रिय भेला र आगामी गतिविधिबारे छलफललाई निरन्तरता दिने जनाएको छ।