सुनको मूल्य १४ सय रुपैयाँ घट्यो

एक महिना अगाडि
सुनको मूल्य १४ सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ घटेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ घट्दै ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ।