काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको जनाएको छ।
समीक्षाअनुसार औसत मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित रहेको छ भने विदेशी विनिमय सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले निक्षेप तथा कर्जाको ब्याजदर घट्दो क्रममा रहेको राष्ट्र बैंकको भनाइ छ। साथै घर कर्जाको सीमा ३ करोड, व्यक्तिगत ओभरड्राफ्ट १ करोड तथा सेयर धितो कर्जाको एकल ग्राहक सीमा २५ करोड रुपैयाँ पुर्याइएको छ।
राष्ट्र बैंकले यी व्यवस्थाले निजी क्षेत्रको लगानी विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।