मौद्रिक नीतिपछि नेप्से ३० अंकले घट्यो

एक महिना अगाडि
मौद्रिक नीतिपछि नेप्से ३० अंकले घट्यो

काठमाडौं । नयाँ मौद्रिक नीतिले बजारले अपेक्षा गरेको सुधारका कार्यक्रम नसमेटेको निष्कर्षसँगै बुधबार सेयर बजारमा गिरावट आएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३०.०९ अंकले घटेर २ हजार ६२१.५९ विन्दुमा झरेको हो। सेन्सेटिभ सूचक ३.९३ अंकले घट्दा फ्लोट र सेन्सेटिभ फ्लोट सूचक पनि ओरालो लागेका छन्।

बजार घटे पनि कारोबार रकम भने बढेको छ। आज ३६२ कम्पनीका ८४ लाख ६३ हजार कित्ता सेयर ४ अर्ब ८२ करोड ६० लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

१३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन्। केही कम्पनीको सेयर मूल्य ६ प्रतिशतसम्म बढे पनि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.४१ प्रतिशतले घटेको छ।