काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १६० रुपैयाँले घट्दै ४ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ। आगामी दिनमा विश्व बजारको उतारचढावअनुसार मूल्यमा थप परिवर्तन हुन सक्ने उनीहरूले बताएका छन्।