काठमाडौं । सन् २०२६ फिफा विश्वकपमा गोल्डेन बुटको प्रतिस्पर्धा झन् रोमाञ्चक बन्दै गएको छ।
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आठ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। फ्रान्सका किलियन एम्बाप्पे र नर्वेका एर्लिङ हालान्डले समान सात गोल गरेका छन् भने इङ्ल्यान्डका ह्यारी केनले छ गोल गरेका छन्।
चारै खेलाडी अझै उपाधि दौडमा रहेकाले गोल्डेन बुटको प्रतिस्पर्धा अन्तिम चरणसम्म रोचक रहने अनुमान गरिएको छ।
विश्वकपको एकै संस्करणमा आठ वा सोभन्दा बढी गोल गर्ने खेलाडीहरूको ऐतिहासिक सूचीमा मेस्सी पनि थपिएका छन्।