सुन तोलामा दुई हजार ७०० रुपैयाँ बढ्यो

एक महिना अगाडि
सुन तोलामा दुई हजार ७०० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले बढेर दुई लाख ८७ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७० रुपैयाँले वृद्धि हुँदै चार हजार ५१० रुपैयाँ पुगेको महासंघले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।