सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढ्यो

एक महिना अगाडि
सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ। यता चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेर चार हजार ४७५ रुपैयाँ कायम भएको छ।

व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय बजार, विनिमय दर तथा माग–आपूर्तिको अवस्थाअनुसार दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ।