काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपैयाँले घटेर दुई लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर चार हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।