काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ४८ बाट बढाएर ६४ पुर्याउने प्रस्तावमाथि छलफल गर्ने भएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले हाल सञ्चालन भइरहेको विश्वकप सम्पन्न भएपछि सम्बन्धित समितिहरूमा यस विषयमा समीक्षा र विस्तृत छलफल हुने बताएका छन्।
जारी विश्वकप पहिलो पटक ४८ टोली सहभागी भएको संस्करण हो। यसअघि सन् १९९८ देखि २०२२ सम्म विश्वकपमा ३२ टोलीले प्रतिस्पर्धा गर्दै आएका थिए।
सन् २०३० को विश्वकप उरुग्वे, अर्जेन्टिना, पराग्वे, मोरक्को, पोर्चुगल र स्पेनले संयुक्त रूपमा आयोजना गर्नेछन्।