नेप्से आठ महिनाकै न्यून विन्दुमा, कारोबार रकम भने बढ्यो

एक महिना अगाडि
नेप्से आठ महिनाकै न्यून विन्दुमा, कारोबार रकम भने बढ्यो

साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० दशमलव ६० अंकले घट्दै २ हजार ५७० दशमलव १७ बिन्दुमा पुगेको छ। यो मंसिर ४ यताकै सबैभन्दा न्यून स्तर हो।

बजारमा गिरावट आए पनि कारोबार रकम भने बढेर ७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ, जुन वैशाख ९ यताकै उच्च कारोबार हो।

आज २२ कम्पनीको शेयर मूल्य बढ्दा २४९ कम्पनीको घट्यो भने चार कम्पनी स्थिर रहे। सबै समूहगत परिसूचक ओरालो लागेका छन्, जसमा व्यापार, होटल तथा पर्यटन र जलविद्युत् समूहमा सबैभन्दा बढी गिरावट देखिएको छ।

आज सामुदायिक लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर मूल्य बढ्दा उपकार लघुवित्त, बुद्धभूमि हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर र हिमस्टार ऊर्जाको शेयर मूल्य उल्लेख्य रूपमा घटेको छ।