यु–१९ महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो शानदार जित

एक महिना अगाडि
यु–१९ महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो शानदार जित

काठमाडौं । एसीसी यु-१९ महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल यात्रालाई थप बलियो बनाएको छ।

नेपालले हङकङलाई १ सय ८१ रनको विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो प्रभावशाली प्रदर्शन गरेको हो। यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई १ सय ५१ रनले हराएको थियो।

पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर २ सय ११ रनको विशाल योगफल तयार गरेको थियो। कप्तान सोनी पाख्रिनले ६० बलमा ९० रनको उत्कृष्ट इनिङ खेलिन्। उनले १३ चौका र एक छक्का प्रहार गरिन्। सावित्री धामीले ५२ तथा अलिसा कुमारी यादवले २३ रनको योगदान दिइन्।

जवाफमा हङकङ ३० रनमै समेटियो। हङकङका लागि वङ विङ किउ हेलीले सर्वाधिक १३ रन बनाइन्।

बलिङतर्फ पनि कप्तान पाख्रिन नै चम्किइन्। उनले चार ओभरमा चार रन खर्चेर चार विकेट लिइन् भने मनिषा उपाध्यायले दुई विकेट हात पारिन्।