एक सातापछि हरियाली शेयर बजार, नेप्सेमा ६.११ अंकको सुधार

एक महिना अगाडि
एक सातापछि हरियाली शेयर बजार, नेप्सेमा ६.११ अंकको सुधार

काठमाडौं । लगातार एक सातादेखि ओरालो लागेको शेयर बजारमा मंगलबार सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.११ अंकले बढेर २ हजार ५७६.२९ विन्दुमा पुगेको छ।

यो सुधार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिपछिको पहिलो सकारात्मक कारोबार हो। राष्ट्र बैंकले असार २३ गते आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेकै दिन नेप्से ३० अंकभन्दा बढीले बढेको थियो। त्यसपछिका सबै कारोबार दिनमा बजार लगातार घट्दै आएको थियो।

मंगलबार भने गिरावटको शृंखला रोकिँदै बजार हरियो बनेको हो। बजार सुधारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। आज १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा कुल ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

समूहगत कारोबारतर्फ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूहबाहेक अन्य १२ उपसमूहका सूचक सकारात्मक रहे। आज १६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको मूल्य घटेको छ।