सुनको मूल्य फेरि बढ्यो, प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ

एक महिना अगाडि
सुनको मूल्य फेरि बढ्यो, प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य पुनः बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।