सुनको मूल्य फेरि बढ्यो, चाँदी भने तोलामा ९० रुपैयाँले सस्तियो

एक महिना अगाडि
सुनको मूल्य फेरि बढ्यो, चाँदी भने तोलामा ९० रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर २ लाख ८५ हजार २०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि सोमबार र मंगलबार लगातार घटेको सुनको मूल्य बुधबारदेखि पुनः उकालो लागेको हो। पछिल्ला दुई दिनमा मात्रै सुनको मूल्य १ हजार २०० रुपैयाँले बढेको छ।

यता चाँदीको मूल्य भने प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ३२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको हो। यसअघि माघ १५ गते सुनले प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्य कायम गरेको थियो भने चाँदी पनि सोही अवधिमा प्रतितोला ७ हजार ५०५ रुपैयाँसम्म पुगेको थियो।