सुन तोलामा १ हजार ९०० रुपैयाँले महँगियो

एक महिना अगाडि
सुन तोलामा १ हजार ९०० रुपैयाँले महँगियो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ हजार ९०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको हो