काठमाडौं । काठमाडौंको कुलेश्वर क्षेत्रमा लागुऔषध कारोबार नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएर तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय नागरिक र दुई नेपाली नागरिक रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ गर्ने क्रममा भारतीय नागरिकले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो। गोली उनको खुट्टामा लागेको छ र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।
एसएसपी सुवासचन्द्र बोहोराका अनुसार घटनास्थलबाट लागुऔषधसमेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।