काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्यु जर्सीस्थित फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै स्पेन १६ वर्षपछि पुनः विश्वविजेता बनेको हो।
निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए।
खेलको अन्त्यतिर एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै गोल गर्दै उपाधि आफ्नो नाममा पार्यो।
सम्पूर्ण खेलभर स्पेनले बल नियन्त्रण र आक्रमणमा प्रभुत्व जमाएको थियो। सन् २०१० पछि पहिलो पटक विश्वकप जित्दै स्पेनले आफ्नो दोस्रो विश्वकप उपाधि उचाल्यो।
यता, सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना लगातार दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा असफल भयो।