प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्तिका लागि संसदीय सुनुवाइ प्रक्रिया आजबाट

एक महिना अगाडि
प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्तिका लागि संसदीय सुनुवाइ प्रक्रिया आजबाट

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूसम्बन्धी प्राप्त उजुरी खोल्ने, समिति सदस्यहरूलाई वितरण गर्ने तथा उनीहरूले पेस गरेका कार्ययोजना उपलब्ध गराउने कार्यसूची रहेको छ।

समितिले उजुरी र कार्ययोजनाको अध्ययन गरेपछि प्रस्तावित उम्मेदवारहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइनेछ।

यसअघि असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट उनीहरूको औपचारिक नियुक्ति हुनेछ।