बझाङ । बझाङ जिल्लाको कोट्देवल केन्द्रबिन्दु बनाएर आज बिहान ४:४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प बिहान ४:४० बजे मापन गरिएको हो। हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन।
भूकम्पपछि स्थानीयवासीले हल्का धक्का महसुस गरेका छन्। सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको जनाएको छ।
नेपाल भूकम्पीय दृष्टिले संवेदनशील मुलुक भएकाले साना तथा मध्यम आकारका भूकम्पहरू समय–समयमा आइरहने गरेका छन्।