सुनचाँदीको मूल्यमा उच्च वृद्धि, सुन तोलाको २ लाख ९१ हजार रुपैयाँ पुग्यो

एक महिना अगाडि
सुनचाँदीको मूल्यमा उच्च वृद्धि, सुन तोलाको २ लाख ९१ हजार रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ५ हजार ४ सय रुपैयाँ बढेर २ लाख ९१ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँ ले वृद्धि हुँदै ४ हजार ४ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।