काठमाडौं । लगातार केही दिनको वृद्धिपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार १३.९५ अंकले घटेको छ।
यससँगै नेप्से परिसूचक २ हजार ७१२.५४ बिन्दुमा झरेको छ।
बजार घट्दा ७७ कम्पनीको सेयर मूल्य बढेको भने १९३ कम्पनीको घटेको छ। सात कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बुधबार ५ अर्ब १८ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। एक करोड १३ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर ५६ हजारभन्दा बढी पटक किनबेच भएको नेप्सेले जनाएको छ।
कारोबारका क्रममा एभरेस्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बुंगल हाइड्रो, साल्पा विकास बैंक, पियोर इनर्जी र श्रीनगर एग्रो उच्च मूल्य वृद्धि हुने कम्पनीमा परेका छन्।
समूहगत सूचकतर्फ फाइनान्स तथा उत्पादन एवं प्रशोधन समूहमा मात्रै वृद्धि देखिएको छ भने बैंकिङ, जलविद्युत्, होटल तथा पर्यटन, बीमा, विकास बैंक, लघुवित्तलगायत अधिकांश समूहका सूचक घटेका छन्।