मौसम पूर्वानुमान

मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

एक महिना अगाडि
मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार पनि विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। दिउँसो हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोसी, मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार लुम्बिनी प्रदेशका पहाडी भू–भाग तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।