सुनको मूल्य तोलामा ५८ सय रुपैयाँ घट्यो

४ हप्ता अगाडि
सुनको मूल्य तोलामा ५८ सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ५५ रुपैयाँ घटेर ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।