काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदका स्वकीय सचिव नियुक्तिलाई पारदर्शी, प्रतिस्पर्धी र जनउत्तरदायी बनाउन नयाँ आन्तरिक मापदण्ड लागू गरेको छ।
नयाँ निर्देशनअनुसार सांसदहरूले आफ्ना एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन्। सचिवका लागि कम्तीमा स्नातक वा सोसरहको शैक्षिक योग्यता अनिवार्य गरिएको छ।
त्यस्तै, स्वकीय सचिव खुला प्रतिस्पर्धाबाट छनोट गर्नुपर्ने र अन्तिम नियुक्तिका लागि संसदीय दलको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।
रास्वपाले पारिश्रमिक वितरणमा कुनै अनियमितता गर्न नपाइने, नियमित कार्यसम्पादन मूल्याङ्कन गरिने तथा आर्थिक अनियमितता वा नातावाद पुष्टि भए अनुशासन समितिमार्फत कारबाही गरिने जनाएको छ।