काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७ दशमलव ९० अंकले बढेर २ हजार ७३४ दशमलव ६३ विन्दुमा पुगेको छ।
बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा समूहमा हरियाली देखिएपछि बजार उकालो लागेको हो।
यस दिन १५२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको मूल्य घटेको छ।
एभरेष्ट कलरको सेयरमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ७ दशमलव ३८ प्रतिशतले घटेको छ।
दिनभर ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। रिडी पावर, कुमारी बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर सर्वाधिक कारोबार हुने कम्पनी बने।