विदेशी मुद्राको नयाँ दर लागू, कुन मुद्राको विनिमयदर कति ?

४ हप्ता अगाडि
विदेशी मुद्राको नयाँ दर लागू, कुन मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदर अनुसार थाइ भाट १ को खरिददर रु. ४.५८ र बिक्रीदर रु. ४.६० कायम गरिएको छ।

यस्तै, युएई दिराम १ को खरिददर रु. ४१.९९ र बिक्रीदर रु. ४२.१५ तोकिएको छ भने मलेसियन रिङ्गेट १ को खरिददर रु. ३७.६९ र बिक्रीदर रु. ३७.८४ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार साउथ कोरियन वन १०० को खरिददर रु. १०.५४ र बिक्रीदर रु. १०.५९ रहेको छ। स्विडिस क्रोनर १ को खरिददर रु. १५.८६ र बिक्रीदर रु. १५.९२ तथा डेनिस क्रोनर १ को खरिददर रु. २३.४९ र बिक्रीदर रु. २३.५९ कायम गरिएको छ।

त्यसैगरी, हङकङ डलर १ को खरिददर रु. १९.६७ र बिक्रीदर रु. १९.७४, कुवेती दिनार १ को खरिददर रु. ५०१.०१ र बिक्रीदर रु. ५०२.९६, बहराइन दिनार १ को खरिददर रु. ४०८.९९ र बिक्रीदर रु. ४१०.५८ तथा ओमानी रियाल १ को खरिददर रु. ४००.५३ र बिक्रीदर रु. ४०२.०७ निर्धारण गरिएको छ।

यसैबीच, भारतीय रुपैयाँ १०० को खरिददर रु. १६० र बिक्रीदर रु. १६०.१५ तोकिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने उल्लेख गरेको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने भन्दै अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।