सुनको मूल्य फेरि उकालो, तोलाको २ लाख ८८ हजार ५ सय रुपैयाँ पुग्यो

३ हप्ता अगाडि
सुनको मूल्य फेरि उकालो, तोलाको २ लाख ८८ हजार ५ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ थियो। गत शुक्रबार ५ हजार ८ सय रुपैयाँले घटेको मूल्य त्यसयता लगातार बढिरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ।