प्राकृतिक विपद् व्यवस्थापनमा कांग्रेसको तीनदिने विशेष प्रशिक्षण, ४० युवा सहभागी हुने

७ घण्टा अगाडि
प्राकृतिक विपद् व्यवस्थापनमा कांग्रेसको तीनदिने विशेष प्रशिक्षण, ४० युवा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी तीनदिने विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

श्रावण १५ देखि १७ गतेसम्म काठमाडौंमा सञ्चालन हुने कार्यक्रममा छनोट गरिएका ४० जना युवालाई सैद्धान्तिक ज्ञानसँगै उद्धार, प्रतिकार्य र विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक अभ्यास गराइने प्रतिष्ठानले जनाएको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार प्रशिक्षणमा स्वदेश तथा विदेशमा विपद् व्यवस्थापन क्षेत्रमा अनुभव हासिल गरेका विषयविज्ञले सहजीकरण गर्नेछन्।

प्रतिष्ठानले आगामी दिनमा ‘हरेक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवक’ तयार गर्ने लक्ष्यसहित कार्यक्रम विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ।