काठमाडौं । लगातार दुई दिन बढेको नेपाली बजारमा सुनको मूल्य बुधबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज पनि प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ र सोमबार १ हजार ४ सय रुपैयाँले बढेको थियो। त्यसपछि सुनको मूल्य २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको थियो, जुन आज पनि यथावत् रहेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि आज स्थिर रहेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ४ सय ४५ रुपैयाँमै कारोबार भइरहेको छ।