सुनचाँदीको मूल्यमा ठूलो गिरावट, सुन प्रतितोला ५ हजार ३ सय रुपैयाँ सस्तो

३ हप्ता अगाडि
सुनचाँदीको मूल्यमा ठूलो गिरावट, सुन प्रतितोला ५ हजार ३ सय रुपैयाँ सस्तो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले घटेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार र सोमबार लगातार बढेको तथा मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार एकैदिन उल्लेख्य रूपमा घटेको हो।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार ३ सय २० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।