गोपालमान श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली, शीर्ष नेताहरू सानेपा पुगे

३ हप्ता अगाडि
गोपालमान श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली, शीर्ष नेताहरू सानेपा पुगे

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।

रास्वपा सभापति रवि लामिछाने, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

क्यान्सरबाट पीडित ७९ वर्षीय श्रेष्ठको मंगलबार उपचारका क्रममा निधन भएको थियो। उनी नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्वका रूपमा परिचित थिए। श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टिका लागि लगिने कार्यक्रम रहेको छ।