कोसी–मधेशको अवस्थाबारे रास्वपा सभापति लामिछानेको सांसदसँग छलफल

३ हप्ता अगाडि
कोसी–मधेशको अवस्थाबारे रास्वपा सभापति लामिछानेको सांसदसँग छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोसी र मधेश प्रदेशका सांसदहरूसँग पछिल्लो सुरक्षा अवस्था र राजनीतिक परिस्थितिबारे छलफल गरेका छन्।

संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा सुनसरीको देवानगञ्ज घटनापछि विकसित अवस्थाका साथै सरकारको सुरक्षा व्यवस्थापन र गृहमन्त्रीको भूमिकाबारे समीक्षा गरिएको बताइएको छ।

छलफलमा सहभागी एक सांसदका अनुसार संसद्मा गृहमन्त्रीको भूमिकालगायत समसामयिक विषयमा प्रश्न उठाउने तयारीसमेत गरिएको छ।

यसअघि मधेश प्रदेशका केही सांसदहरूले पनि सभापति लामिछानेलाई भेटेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी गराएका थिए।