काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँ रहेको थियो।