पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, नयाँ मूल्य आज रातिदेखि लागू (मूल्यसूची सहित)

३ हप्ता अगाडि
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, नयाँ मूल्य आज रातिदेखि लागू (मूल्यसूची सहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार पेट्रोल, डिजेल र मट्टीतेलको नयाँ मूल्य निर्धारण गर्दै वृद्धि गरेको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य बढाइएको छ।

बढेको नयाँ मूल्य आइतबार राति १२ बजेदेखि देशभर लागू हुने निगमले जनाएको छ।

यद्यपि, खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ। निगमले ग्यासको मूल्यमा कुनै परिवर्तन नगरेको जनाएको छ।

नयाँ मूल्यवृद्धिसँगै सवारीसाधन सञ्चालन, ढुवानी तथा अन्य क्षेत्रमा लागत बढ्ने अनुमान गरिएको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्यमा आएको परिवर्तनका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ।