फेरि बढ्यो सुनको भाउ, तोलाको २ लाख ८४ हजार पुग्यो

२ हप्ता अगाडि
फेरि बढ्यो सुनको भाउ, तोलाको २ लाख ८४ हजार पुग्यो

काठमाडौं । अघिल्लो कारोबार दिन घटेको सुनको मूल्य सोमबार फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८४ हजार रुपैयाँ कायम भएको हो।

यसअघि आइतबार सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा झरेको थियो। एक दिनमै पुनः मूल्य उकालो लागेसँगै सुन बजारमा उतारचढाव कायम रहेको देखिएको छ।

त्यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा ३५ रुपैयाँले बढेर ४ हजार ३ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।