काठमाडौं । अघिल्लो दिन बढेको सुनको मूल्य मंगलबार फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको हो।
सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको थियो। तर अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै मंगलबार पुनः सामान्य गिरावट आएको महासंघले जनाएको छ।
यता चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार चाँदी तोलामा ३० रुपैयाँले वृद्धि हुँदै ४ हजार ३ सय ८० रुपैयाँ पुगेको छ।