सुनको भाउ फेरि उकालो, दुई दिनमै तोलामा १२ हजार २ सय रुपैयाँ वृद्धि

२ हप्ता अगाडि
सुनको भाउ फेरि उकालो, दुई दिनमै तोलामा १२ हजार २ सय रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि उच्च दरले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ हजार रुपैयाँ बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको छ। हिजो मात्रै सुनको मूल्य ४ हजार २ सय रुपैयाँ बढेको थियो। यससँगै दुई दिनमै सुनको मूल्य १२ हजार २ सय रुपैयाँले बढेको हो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँ बढेर ४ हजार ५ सय ७० रुपैयाँ पुगेको छ।