काठमाडौं । लगातार चार दिनसम्म उच्च दरले बढेको सुनको मूल्य आज भने सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर ३ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।
हिजो मात्रै सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको थियो। त्यसअघि गत शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ, बिहीबार ८ हजार रुपैयाँ र बुधबार ४ हजार २ सय रुपैयाँले बढेको थियो।
यसरी चार दिनमा सुनको मूल्य तोलामा १७ हजार ८ सय रुपैयाँले बढेको हो। चार दिनको लगातार वृद्धिपछि आज भने सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
यता चाँदीको मूल्य भने आज बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर ४ हजार ६ सय ७० रुपैयाँ पुगेको छ।