काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सोमबार भएको भेटवार्ता करिब ४५ मिनेट चलेको हो। भेटवार्तामा प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवसहित दुवै देशका प्रतिनिधिहरू सहभागी थिए।
प्रधानमन्त्रीको कार्यालयका अनुसार भेटवार्ता केहीबेरअघि सम्पन्न भएको हो। भेटमा नेपाल-भारत सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री शाहले आजै चिनियाँ राजदूतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। चिनियाँ राजदूतसँग दिउँसो ३ बजे भेटवार्ताको समय तय गरिएको छ।
यसअघि प्रधानमन्त्री शाहले नेपालमा रहेका विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। प्रधानमन्त्रीले नेपालका छिमेकी तथा अन्य मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै कूटनीतिक भेटवार्तालाई निरन्तरता दिइरहेका छन्।