पाँच दिनमै २४ हजार बढेको सुन आज घट्यो, तोलाको ३ लाख ६ हजार ७ सय

१ हप्ता अगाडि
पाँच दिनमै २४ हजार बढेको सुन आज घट्यो, तोलाको ३ लाख ६ हजार ७ सय

काठमाडौं । लगातार पाँच दिनसम्म मूल्य बढेको सुनको भाउ बुधबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

पछिल्लो पाँच दिनमा भने सुनको मूल्य तोलामा २४ हजार २ सय रुपैयाँले बढेको थियो । लगातार तीव्र गतिमा बढेको सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँ घटेर ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको अवस्था, अमेरिकी डलरको विनिमय दर तथा अन्तर्राष्ट्रिय माग–आपूर्तिलगायतका कारण प्रभावित हुने गरेको छ ।