काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार दोस्रो दिन घटेको छ । चाँदीको मूल्य भने सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार २ सय रुपैयाँमा झरेको छ ।
हिजो पनि सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको थियो । हिजो सुनको मूल्य ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
गत साता पाँच दिनमा सुनको भाउ तोलामा २४ हजार २ सय रुपैयाँ बढेको थियो । त्यसपछि लगातार दुई दिन सुनको मूल्य घटेको हो ।
यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँ बढेको छ । चाँदीको भाउ बढेर तोलाको ४ हजार ७ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।