नेपाल आइपुगे कांग्रेसका निवर्तमान सभापति देउवा

१ हप्ता अगाडि
नेपाल आइपुगे कांग्रेसका निवर्तमान सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल आइपुगेका छन् ।

देउवा बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनी थाइल्यान्डबाट नेपाल आएका हुन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा उपचारका लागि पत्नी आरजु राणासँगै कात्तिक १० गते राति सिंगापुर गएका थिए ।

उपचारपछि उनी थाइल्यान्ड हुँदै नेपाल फर्किएका हुन् ।

देउवाको स्वागतका लागि नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।